LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

दशैं र तिहार आउँदै गर्दा सर्वसाधारण यात्रुको ढाड सेक्ने गरी भाडा दर असुल गर्ने यातायात व्यवसायीहरूले फेरी पनि दशैंको मुखमा भाडा दर वृद्धि गर्ने तयारीमा जुटेका छन् । पटक पटकको भाडा वृद्धिले हैरान बनेका सर्वसाधारणलाई फेरि पनि भाडा वृद्धि गर्न व्यवसायीले सरकारसंग माग गरेका छन ।
भौतिक पूर्वाधार यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुरेश श्रेष्ठका अनुसार भाडादर बढाउनेबारे कुनै निर्णय भएको छैन । बढाएको पाएमा कडा कारबाही गर्ने उहाँले बताउनु भयो ।
यता व्यवसायीले दसैँ तिहारका लागि अग्रिम टिकट खोल्नुपर्ने भए पनि हालसम्म नखोलेको र भाडादर वृद्धि गरेपछि मात्र खोल्ने तयारी गरेको एक व्यवसायीले जानकारी दिए । तर अग्रिम टिकट खोल्नेबारे तत्काल कार्य अगाडि बढाउन मन्त्रालयले निर्देशन दिएको श्रेष्ठले बताउनुभयो । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छैन । त्यस कारण भाडादर बढ्नुपर्ने कुनै कारण छैन, उहाँको भनाइ छ ।
चैतमा मूल्य समायोजन गर्नुपर्ने भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने भन्दै व्यवसायीहरूले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सरकारले गत चैत्रमा समायोजन गर्ने भनेको भाडा दर नबढाएसम्म अग्रिम टिकट गाह्रो हुन्छ ।
व्यवसायीले पहिलेदेखि नै सडकको अवस्थालाई जनाउँदै पटक पटक भाडा दर बढाउन माग गर्दै आए पनि आधार पुष्टि नभएको भन्दै मन्त्रालयले वृद्धि गर्न स्वीकृति दिएको छैन । दसैँ तिहार जस्ता ठुला चाडपर्वको समयमा यात्रुका लागि सहुलियत दिनुपर्ने भएकाले अहिले भाडा बढाएर यात्रुलाई अप्ठ्यारो पार्ने मनसायमा सरकार नभएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय