LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

१९ असोज, डि यन के खनाल । विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ‍८१ रनले हराएको छ ।

पाकिस्तानसँगको खेल जित्न २८७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स ४१ ओभरमा २०५ रन बनाउँदै अल आउट भयो ।

नेदरल्यान्ड्सका लागि बास डि लिडेले ६७ र ओपनर विक्रमजित सिंहले ५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । पाकिस्तानको हरिस रउफले ३ विकेट लिए

यसअघि हैदरावादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो ।टिमको स्कोर ३८ रन हुँदा सुरुवाती ३ विकेट गुमाएको पाकिस्तानलाई उकास्न चौथो विकेटका लागि मोहम्मद रिज्वान र साउद शकिलले १२० रनको साझेदारी गरे । उनीहरु दुवैले समान ६८ रन बनाए । मोहमद नवाजले ३८ र साबाद खानले ३२ रन बनाए ।

नेदरल्यान्ड्सका लागि भने बास डि लिडेले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै ६२ रन खर्चेका हुन् । कोलिन अक्रमानले २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय