LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डाै – काठमाण्डाै जिल्ला अदालतले झन्डै ६१ किलाे सुन तस्करी प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ ।

आज शुक्रवार अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार भन्सार एजेन्ट रुक्मिना सुब्बालाई भने पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।

सुन तस्करी प्रकरणमा संलग्न रहेकाे आराेपमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेकाे थियाे । यस प्रकरणमा सरकारी वकिल कार्यालयले २९ जनाविरुद्ध मुद्दा दायर गरेकाेमा तीन जना फरार छन् ।

गएकाे साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ‘ब्रेक शु’ बरामद गरेकाे थियाे । त्याे ‘ब्रेक शु’ भित्र झन्डै ६१ किलाे सुन बरामद भएकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय