LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

काठमाण्डाै – काठमाण्डाै जिल्ला अदालतले झन्डै ६१ किलाे सुन तस्करी प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ ।

आज शुक्रवार अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार भन्सार एजेन्ट रुक्मिना सुब्बालाई भने पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।

सुन तस्करी प्रकरणमा संलग्न रहेकाे आराेपमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेकाे थियाे । यस प्रकरणमा सरकारी वकिल कार्यालयले २९ जनाविरुद्ध मुद्दा दायर गरेकाेमा तीन जना फरार छन् ।

गएकाे साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ‘ब्रेक शु’ बरामद गरेकाे थियाे । त्याे ‘ब्रेक शु’ भित्र झन्डै ६१ किलाे सुन बरामद भएकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय