LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना । रुपन्देहीको कन्चन गाउँपालिकाका कर्मचारीहरुले आज अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन सुरु गरेका छन । देशभरका स्थानीय तहका कर्मचारीहरुले गएको शुक्रवार देखी अनिश्चित कालिन पेन डाउन आन्दोलनको सुरु गरेका हुन । हातमा कालो पट्टि बाँधेर कन्चन गाउँपालिकाका सम्पुर्ण कर्मचारी आन्दोलनमा बसेका छन ।
केन्द्रिय कर्मचारी सङ्घर्ष समितिको निर्णय अनुसार गएको शुक्रवार देखी देशभरका ७५३ वटै स्थानिय तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । संसदमा पेस हुने तयारीमा रहेको सङ्घीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका हुन ।
गाउँपालिकाका सम्पुर्ण कर्मचारी सहित आन्दोलनमा सहभागि हुनुभएका कर्मचारी सङ्घर्ष समिति कञ्चन गाउँपालिकाका संयोजक सन्तोष गैरे संघिय निजामति सेवा ऐनको सट्टा एकिकृत सेवा ऐन जारि गरिनुपर्ने, स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृत पद स्थानिय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतिको परिभाषा भित्र स्थानिय तहका कर्मचारीहरुलाई समेत समावेश गरिनुपर्ने, तीनै तहमा समान वृतिविकास, अन्तर प्रदेश सरुवा,विना सहमति चकृय सरुवा प्रणाली, समायोजनका कर्मचारीको उचित व्यवस्थापन, उमेर हद र सेवा अवधि गणना, सेवा सुरक्षाको सुनिश्चितता हुनुपर्ने लगायतका मागहरु रहेको गैरेले जानकारी दिनुभएको छ ।
प्रशासनिक संघियता पुर्ण कार्यान्वयनको आधार, तिनै तहका कर्मचारीको समान आधिकार भन्ने नाराका साथ सुरु भएको आन्दोलनमा आफ्ना मागहरु पुरा नभए अझ शसक्त आन्दोलनमा उत्रिने सङ्घर्ष समिति कञ्चन गाउँपालिकाका सह संयोजक रमेश भुसालले जानकारी गराउनुभयो ।
यता प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कर्मचारीहरुका मागलाई केन्द्र बाटै छिटो सम्बोधन हुनुपर्ने बताउनु भएको छ । त्यस्तै उहाँले कर्मचारीका मागहरु छिट्टै सम्बोधन गरेर पुनः काममा फर्कीने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय