LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना । रुपन्देहीको कन्चन गाउँपालिकाका कर्मचारीहरुले आज अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन सुरु गरेका छन । देशभरका स्थानीय तहका कर्मचारीहरुले गएको शुक्रवार देखी अनिश्चित कालिन पेन डाउन आन्दोलनको सुरु गरेका हुन । हातमा कालो पट्टि बाँधेर कन्चन गाउँपालिकाका सम्पुर्ण कर्मचारी आन्दोलनमा बसेका छन ।
केन्द्रिय कर्मचारी सङ्घर्ष समितिको निर्णय अनुसार गएको शुक्रवार देखी देशभरका ७५३ वटै स्थानिय तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । संसदमा पेस हुने तयारीमा रहेको सङ्घीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका हुन ।
गाउँपालिकाका सम्पुर्ण कर्मचारी सहित आन्दोलनमा सहभागि हुनुभएका कर्मचारी सङ्घर्ष समिति कञ्चन गाउँपालिकाका संयोजक सन्तोष गैरे संघिय निजामति सेवा ऐनको सट्टा एकिकृत सेवा ऐन जारि गरिनुपर्ने, स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृत पद स्थानिय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतिको परिभाषा भित्र स्थानिय तहका कर्मचारीहरुलाई समेत समावेश गरिनुपर्ने, तीनै तहमा समान वृतिविकास, अन्तर प्रदेश सरुवा,विना सहमति चकृय सरुवा प्रणाली, समायोजनका कर्मचारीको उचित व्यवस्थापन, उमेर हद र सेवा अवधि गणना, सेवा सुरक्षाको सुनिश्चितता हुनुपर्ने लगायतका मागहरु रहेको गैरेले जानकारी दिनुभएको छ ।
प्रशासनिक संघियता पुर्ण कार्यान्वयनको आधार, तिनै तहका कर्मचारीको समान आधिकार भन्ने नाराका साथ सुरु भएको आन्दोलनमा आफ्ना मागहरु पुरा नभए अझ शसक्त आन्दोलनमा उत्रिने सङ्घर्ष समिति कञ्चन गाउँपालिकाका सह संयोजक रमेश भुसालले जानकारी गराउनुभयो ।
यता प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कर्मचारीहरुका मागलाई केन्द्र बाटै छिटो सम्बोधन हुनुपर्ने बताउनु भएको छ । त्यस्तै उहाँले कर्मचारीका मागहरु छिट्टै सम्बोधन गरेर पुनः काममा फर्कीने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय