LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

केशब पन्थी अर्घाखाँची.
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ मा रहेकोे महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको कार्यालयमा विद्यार्थीले  ताला लगाई दिएका छ्न । उक्त विद्यालयमा अङ्ग्रेजी शिक्षक उत्तम भट्टराईलाई छत्रदेव गाउँपालिकाले शिक्षक मिलानको क्रमममा छत्रदेव गाउँपालिका वार्ड ४ मा रहेको शारदा माध्यमिक विद्यालयमा र शिक्षिका राधा पान्डेको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ अर्बुण आधारभूत विद्यालयमा सरुवा गरेकोले विद्यार्थीले तालाबन्दी गरेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पिताम्बर खनालले बताउनु भएको छ। विद्यार्थीहरुले नाराबाजी गर्दै छत्रदेब गाउँपालिका गएर गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन। सम्पूर्ण अभिभावक तथा बुद्धिजिविहरु संग छलफल गरि गरिएको निर्णय विद्यार्थीले नमानेकोले पुनः छलफल गरिने गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनु भएको छ। विद्यार्थीले विद्यालयका सहायक प्रमुख ज्ञान प्रसाद पान्डे र कार्यालय सहयोगी मित्र हमाललाई झन्डै ४ घण्टा थुनेका थिए। बल्कोट प्रहरीको सम्झदारिमा उहाँहरुलाई छोडिदिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय