LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सिद्धार्थ उद्योग बाणिज्य संघले दशै लक्षित “दशैँ बजार २०८०” संचालन गर्ने भएको छ । असोज २८ गते देखि कार्तिक ३ गतेसम्म संघकै परिसरमा सहुलियत दरमा दशै बजार संचालन हुने भएको हो । दशै बजार २०८० मा दैनिक उपभोग्य खाद्यन्न, जुत्ता, चप्पल, घरेलू उत्पादन, खाजा घर दुई अटोमाबाइल सहितका २५ वटा स्टलहरु रहने कार्यक्रम संयोजक अर्जुन कार्कीले जानकारी दिए ।

दशैँ बजारमा स्थानिय भैरहवा बजार क्षेत्रबाट करिव १५ हजार जनाको संख्यामा उपभोक्ता तथा अवलोकन कर्ताहरुको आवागमन हुने अपेक्षा गरिएको छ । यस अवधिमा करिब रु ५० देखि ६० लाख रुपैया बराबरको कारोवार हुने अनुमान गरिएको कार्कीले बताए । बजारमा उपभोक्ता तथा अवलोकन कताहरुको सुरक्षालाई ध्यानमा राखि सिसिटिभि जडान गरिएको कार्कीले बताए । उपभोक्ताहरुले विभिन्न स्टलहरुबाट ५ हजार रुपैया भन्दा माथिको सामान खरिद गरेको बिलको आधारमा काशी सिनेप्लेक्सबाट एउट फ्रि टिकटको को व्यवस्था समेत गरिएको छ ।

बजारले स्वदेशी तथा गुणस्तरीय वस्तु एवं सेवाहरुको उपभोग प्रति उपभोक्ताहरुलाई उत्प्रेरित गर्ने संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । उपभोक्ताहरुलाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्य लिएको उनले बताए । विभिन्न उद्योग, व्यावसायीहरुसंगको सहकार्यमा उपभोक्ताहरुलाई सबै शुलभ रुपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरु विक्रि वितरण गर्ने, स्थानिय खाद्यपदार्थको प्रवद्धन तथा उचित मुल्यबारे जानकारी गराउने उद्देश्य पनि रहेको उनले बताए ।

२०५१ सालमा स्थापित सिद्धार्थ उद्योग वाणिज्य संघले पहिलो पटक वि।सं।२०५८ साल कार्तिक १ गते देखि ६ गते सम्म, दोस्रो पटक वि।सं। २०५९ साल असोज २१ गते देखि २६ गते सम्म संघ परिसरमा दशै बजार गरिएको थियो । तेश्रो पटक बजार गर्न भने २० बर्ष कुर्नु पर्‍यो । तेस्रो पटक वि।स। २०७९ साल असोज ११ गते देखि १४ गते सम्म संघले आयोजना गरेको बजारको अहिले चौथो पटक आयोजना गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय