LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको गाडी दुर्घटनामा परेको छ । राप्ती राजमागअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरमा सडकमा एक्कासी आएका बालकलाई बचाउन खोज्दा मन्त्री सवार लु १ झ ७३८ नम्वरको गाडी दुर्घटनामा परेको हो ।

गाडी दुर्घटनामा कुनै प्रकारको मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । राप्ती राजमागअन्तर्गत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालय जाने क्रममा गाडी दुर्घटनामा परेको थियो ।

गाडी दुर्घटनामा परेपनि कसैलाई चोट नलागेको प्रहरीले जानकारी दिएको छ । गाडीमा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगरलगायतका रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय