LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डौ – नेपालले काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ मा विजयी शुरुवात गरेको छ ।

श्रीलङ्कामा आज सोमवार बेलुकी भएको उद्घाटन खेलमा नेपालले बङ्गलादेशलाई ३–१ को सेटले हरायो । नेपालले पहिलो सेट २५–२० जित्यो । यस्तै दोस्रो सेट नेपालले २५–१९ ले गुमायो । त्यसपछि तेस्रो र चौथो सेट क्रमशः २५–२३ र २५–२१ ले जित्यो ।

अब नेपालले असोज २३ गते श्रीलङ्कासँग, असोज २४ गते अफगानिस्तानसँग, असोज २६ गते साउदी अरेबियासँग र अन्तिम खेलमा असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कप असोज २८ गतेसम्म चल्नेछ । राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई वटा टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय