LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना २३ असोज .

संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने माग गर्दै देशभरीका स्थानीय तहका कार्यरत कर्मचारीहरुको विभिन्न किसिमका आन्दोलनहरु गर्दै आइ रहेका छन् ।
स्थानीय तह कर्मचारी सङ्घर्ष केन्द्रीय समितिले ९ दिन देखि काठमाण्डौमा आन्दोलनमा उत्रेका हुन् । उक्त आन्दोलन एवम् दबाव मुलक कार्यक्रमलाई समर्थन जनाउदै सैनामैना नगरपालिका लगायत देशभरका कर्मचारीहरु पनि राजधानीमा बृहत दवाव मुलक कार्यक्रम सहभागि भएको सैनामैना नगरपालिका संघर्ष समितिका संयोजक अस्मित खड्रकाले बताउनुभयो ।
स्थानीय तह कर्मचारी सङ्घर्ष केन्द्रीय समितिले संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी तत्काल ऐन जारी गर्ने मागसहित प्रदर्शन गरेको हो ।
समितिले दबाब मूलक कार्यक्रम गर्नुका साथै ७५३ वटै स्थानीय तहमा अत्यावश्यक भन्दा बाहेकका सबै कामकाज बन्द गर्ने र काठमाडौं आउन नसक्ने कर्मचारीहरूले स्थानीय तहमै विरोधको कार्यक्रम गर्दै आइरहेको छन् ।
आन्दोलनरत कर्मचारीहरुको पेन डाउनका कारण स्थानिय तहका कामकाज ठप्प भएका छन । उहाँहरुको अनिश्चितकालीन पेड डाउनका कारण सेवाग्राही मर्का परेका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय