LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

म्याग्दी,

गत वर्ष एक लाख साठी हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीका राजेन्द्र थकालीले यस वर्ष एक लाख बीस हजारको मात्र बिक्री गर्नुभयो ।

थकालीका अनुसार बगैँचामा एक सय ५० स्याउका बोट छन् । गत वर्ष १२ लाखको स्याउ बेचेका ठिनीकै भूपेन्द्र थकालीले पनि यस वर्ष बगैँचामा स्याउ कम फलेकाले पाँच लाखमा ठेक्कामा दिएको बताउनुभयो । राजेन्द्र र भूूपेन्द्र मात्र नभएर यहाँका सबैजसो किसान यसपाली स्याउ खेतीबाट आम्दानी घटेकामा निराश भएका छन् ।

“स्याउमा फूल खेल्ने वैशाख, जेठमा दिउँसो वर्षा र रातिमा परेको तुुसारोले कम फल लागेको छ,” राजेन्द्र  भन्नुुभयो, “बोटमै कम फल लागेकाले उत्पादन र आम्दानी पनि घट्यो ।” स्याउ मुुस्ताङबाट निकासी हुुने प्रमुख फलफुुल हो ।

यसपाली स्याउ उत्पादन ४० प्रतिशतले घट्न सक्ने अनुुमान गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुुख प्रकाश बस्ताकोटीले बताउनुुभयो । “फूल खेलेर परागशेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट दाना कम लागेको छ,” उहाँले भन्नुुभयो “यस वर्ष स्याउको फूल फुल्ने समय वैशाख-जेठमा वर्षाले बोटमा परागसेचन (पोलिनेशन) हुन पाएन् ।”

मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको केन्द्रले जनाएको छ । “३८ हेक्टर क्षेत्रफलमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती लगाइएको छ”, प्रमुुख बस्ताकोटीले भन्नुभयो, “गत वर्ष जिल्लामा छ हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।”

पचास करोड मूल्य बराबरको चार हजार छ सय २० मेट्रिक्टन स्याउ म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरमा निकासी भएको उहाँले जानकारी दिनुभयो । बगैँचामा प्रतिकिलो एक सयदेखि एक सय २० का दरले स्याउ बिक्री हुने गरेको बस्ताकोटीले बताउनुभयो ।

मुुस्ताङका बगैँचामा हिजोआज स्याउ टिप्ने, प्याकिङ गरेर बजार पठाउनेको चटारो रहेको भन्दै किसान भूूपेन्द्रले स्याउ पाकेपछि असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको बताउनुभयो । “यसअघिको वर्षमा मंसिरसम्म स्याउ बोटमै हुुन्थ्यो । अहिले असोजमै सबैजसो बगैँचाहरु रित्तिन थालेका छन्”, उहाँले भन्नुभयो, “नपाग्दै साउन भदौमै अग्रिम पैसा लिएर बगँैचा व्यापारीलाई ठेक्का दिने गरेका छौँ ।”

किसान बलबहादुुर थकालीले ठेक्का लिएका व्यापारी आफैँले स्याउ टिपेर बजार लैजाने गरेका बताउनुुभयो । “स्याउलाई बजारको समस्या छैन,” उहाँले भन्नुुभयो “फलाउन सक्नुु पर्यो जति पनि बिक्री हुन्छ ।” धादीङबाट स्याउ खरिद गर्न मुस्ताङ आएका शिवाङ तामाङले पातलो फले पनि दाना ठूला र स्वादिष्ट रहेको बताउनुुभयो । बेनी, बागलुुङ र पोखराका बजारमा मुुस्ताङको स्याउको माग उच्च रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय