राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा आज विभिन्न आयोगका प्रतिवेदन पेस गरिएका छन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले लोकसेवा आयोगको, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।



यसैगरी, राष्ट्रपतिसमक्ष आज नै भाषा आयोगका अध्यक्ष डा। गोपाल ठाकुरले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पेस गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो ।




