बुटवलको बसपार्कमा विजया दशमी, शुभदिपावली तथा छठ पर्वलाई लक्षित गर्दै नागरिकरयात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व मनाउन गन्तव्यमा जाने यात्रुहरुलाई पर्ने समस्या समधानका लागि बसपार्कमा नागरिकरयात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
उक्त कक्षको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । सो अवसरमा उनले सवारी चालकहरुले आफ्नो उत्तरदायित्व सम्झेर सवारी चलाउन आग्रह गरे । त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई शुक्ष्म ढंगले अध्यायन गरी त्यसको निवारणमा लाग्न सवै प्रहरी युनिटहरुलाई आग्रह गरे । मानिसहरुको बढि भिडभाड हुने क्षेत्रमा नै अपराधिक गतिविधि बढ्न सक्ने भन्दै उनले जनताको सेवामा सुरक्षाकर्मी दत्तचित्त भएर लाग्नुपर्ने बताए । साथै उनले यात्रु स्वयम समेत यात्राका क्रममा सचेत हुनुपर्ने बताए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरिक्षक कृष्ण पछाईले यात्रुहरुलाई लक्षित गरेर लुम्बिनी प्रदेशमा ५४ वटा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । उनंले चाडपर्व लक्षित विभिन्न प्रहरी युनिटमा विशेष टिम बनाएर परिचालन गरिएको बताए । सवारी दुर्घटनाको मुख्य कारण नै तिब्र गति भएको भन्दै उनले यसैलाई दृष्टिगत गर्दै राजमार्गमा चाडपर्व लक्षित राडर गनबाट गति मापन समेत गरिने बताए । दुर्घटनाका अन्य धेरै कारण मध्ये तिब्र गति ७३ प्रतिशत रहेको भन्दै त्यस बाहेक चालकको लापबाही बाट पनि दुर्घटना हुने गरेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, पश्चिम नेपाल बस व्यवसायी प्रा।लीका अध्यक्ष दधिराम खरेल, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक दान बहादुर थापा लगाएतले बोल्दै दुर्घटना न्यूनिकरणका लागि सवैको सामुहिक पर्यत्न जरुरी रहेको बताएका थिए । सोही अवसरमा चालकलाई सम्मान समेत गरिएको थियो भने बसहरुमा सचेतनामुलक स्टीकर टांस तथा सचेतनामुलक पम्पप्लेट वितरण गरिएको थियो । विजया दशमी, शुभदिपावली तथा छठ पर्वलाई लक्षित गर्दै नागरिकरयात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व मनाउन गन्तव्यमा जाने यात्रुहरुलाई पर्ने समस्या समधानका लागि बसपार्कमा नागरिकरयात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
उक्त कक्षको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । सो अवसरमा उनले सवारी चालकहरुले आफ्नो उत्तरदायित्व सम्झेर सवारी चलाउन आग्रह गरे । त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई शुक्ष्म ढंगले अध्यायन गरी त्यसको निवारणमा लाग्न सवै प्रहरी युनिटहरुलाई आग्रह गरे । मानिसहरुको बढि भिडभाड हुने क्षेत्रमा नै अपराधिक गतिविधि बढ्न सक्ने भन्दै उनले जनताको सेवामा सुरक्षाकर्मी दत्तचित्त भएर लाग्नुपर्ने बताए । साथै उनले यात्रु स्वयम समेत यात्राका क्रममा सचेत हुनुपर्ने बताए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरिक्षक कृष्ण पछाईले यात्रुहरुलाई लक्षित गरेर लुम्बिनी प्रदेशमा ५४ वटा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । उनंले चाडपर्व लक्षित विभिन्न प्रहरी युनिटमा विशेष टिम बनाएर परिचालन गरिएको बताए । सवारी दुर्घटनाको मुख्य कारण नै तिब्र गति भएको भन्दै उनले यसैलाई दृष्टिगत गर्दै राजमार्गमा चाडपर्व लक्षित राडर गनबाट गति मापन समेत गरिने बताए । दुर्घटनाका अन्य धेरै कारण मध्ये तिब्र गति ७३ प्रतिशत रहेको भन्दै त्यस बाहेक चालकको लापबाही बाट पनि दुर्घटना हुने गरेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, पश्चिम नेपाल बस व्यवसायी प्रा।लीका अध्यक्ष दधिराम खरेल, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक दान बहादुर थापा लगाएतले बोल्दै दुर्घटना न्यूनिकरणका लागि सवैको सामुहिक पर्यत्न जरुरी रहेको बताएका थिए । सोही अवसरमा चालकलाई सम्मान समेत गरिएको थियो भने बसहरुमा सचेतनामुलक स्टीकर टांस तथा सचेतनामुलक पम्पप्लेट वितरण गरिएको थियो ।