सैनामैना, २५ असोज ।
रुपन्देहीको सैनामैना नगरपालिका ५ गढवामा रहेको मलमला माध्यमिक विद्यालयको आयोजना तथा सैनामैना सामाजिक अभियन्ताको सहकार्यमा विहिवार स्टेशनरी वितरण गरिएको छ ।




कार्यक्रमका प्रमुख अतिथि सैनामैना नागरिक समाजका संयोजक डोलराज भण्डारीले सामाजको विकास शिक्षा बिना हुनै नसक्ने हुँदा आर्थिक अभाव भएका बिधार्थी को लागि नागरिक अभियन्ता साथीहरु अग्रस्थान मा रहेर सहयोग गर्ने प्रतिबध्दता व्यक्त गर्नु भएको थियो।
विद्यालय पोसाक, स्टेशनरी सामग्रीको अभाव भएर पढ्न नपाएकामा बिधार्थी हरु को अविभावक बन्ने संकल्प सहित अगाडी बढेको भण्डारीले जानकारी दिनु भएको थियो।
भण्डारी भन्नु हुन्छ बिधार्थीहरुलाई स्टेशनरी बितरण गर्ने ठाउँ पहिचान गर्न सैनामैना नगरपालिका शिक्षा शाखा सित समन्यन गरेको र यो कार्यक्रम गर्न कुनै निकायबाट सहयोग नलिई स्वयं साथीहरु ले नै आफ्नो खर्च बाट गरेको हो ।

नागरिक अभियन्ता सिसिर ज्ञवाली ले शिक्षाबाट शिक्षित समाज निर्माणको लागि आफुहरुले कमाएको केही पैसाबाट आर्थिक अभाव भएका नानीबाबुका लागि स्टेशनरी सहयोग गरेको बताउनु भएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शिशु देखि कक्षा १० सम्मका ४० जना विद्यार्थीलाई स्टेशनरी सामान बितरण गरिएको हो ।
कार्यक्रमको प्रमुख आतिथ्यता सैनामैना नागरिक समाजका संयोजक डोलराज भण्डारीले गर्नुभएको थियो भने नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनीको विशिष्ट आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक यमबहादुर क्षेत्री, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रामदत्त जैशी, सामाजिक अभियन्ता आनन्द गिरि, युवा व्यवसायी शिशिर ज्ञवाली, नेपाल सोतोकान कराँतेका प्रशिक्षक यमबहादुर दर्लामी, शिक्षक संघका सदस्य केदारनाथ चापागाई, पत्रकार, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

|
ReplyForward
|




