LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी दुःखद निधन भएका १० जनामध्ये पाँचवटा शव प्राप्त भएका छन्।

इजरायलस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार, नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेसराज विष्ट र अविनाश चौधरीको शव प्राप्त भएको छ ।

सो घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको जानकारी पनि दूतावासले दिएको छ ।

साथै, उपलब्ध संयन्त्रहरुको प्रयोग गरी सम्पर्क विहीन रहेका विपिन जोशीको खोजी कार्य अझै तीव्र पारिएको छ ।

आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका  १ जना नेपाल पुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका छन् भने २ जना अस्पतालमा उपचाररत छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय