LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।

आज आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलर मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

भारतबाट भाउ घटेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ ।

दशैँको मुखैमा पेट्रोलियम पदार्थको भाउ घट्दा उपभोक्तालाई केही भए पनि राहत भएको छ ।

यसअघि गएको १५ गते निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो तर चौतर्फी आलोचना भएपछि सरकारको निर्देशनमा निगमले मूल्यवृद्धि फिर्ता लिएको थियो । भारतबाट भाउ घटबढ भएका आधारमा नेपालमा पनि घटबढ हुनेगरी निगमले स्वचालित मूल्य प्रणाली लागू गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय