१ कार्तिक, असोज
रुपन्देहीको कञ्चन गाउपालिकाले गाउपालिका भित्र पालिका, प्रदेश र संघबाट संचालन गरिने बिभिन्न योजनाहरुको गुणस्तरियता र दिगो बिकासका लागि उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम दिएको छ। ५ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरु सहभागी रहेको छ।
कार्यक्रम कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउपालिका भित्र उपभोक्ता मार्फत गरिने बिकास निर्माणका हरेक कार्यहरुलाई पारदर्शी र मितव्ययी बनाउन उपभोक्ताका पदाधिकारीहरुलाई योजना संचालनबारे आधारभुत बिषयबस्तु जानकारी हुन आवस्यक रहेको बताउनु भयो। आफ्नो गाउ र ठाउको बिकास आफैले मिलेर गर्दा उपभोक्ताहरुमा अपनत्व पनि बढ्नुको साथै गुणस्तरियता र दिगो समेत अध्यक्ष ढकालले बताउनु भयो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले बिकास कार्यमा प्रत्यक्ष आफु सहभागी भएर कार्य गर्दा कहा सही कहा गलत भइरहेको छ भन्ने कुराको समेत निगरानी हुँदा बिकास योजना गुणस्तरिय हुने बताउनु भयो। सरकारी निकायबाट आएको बजेट मार्फत योजना संचालन गर्दा के कसरी गर्ने र के कस्ता कागजातहरु संलग्न हुनुपर्ने जस्ता आधारभुत बिषयबस्तुबारे उपभोक्ताहरुलाई थाहा भएको अवस्थामा योजना संचालन देखि सम्पन्न भएपछि रकम भुक्तानीसम्म संलग्न गरिनु पर्ने आवस्यक मापदण्डहरु पुरा गर्न सहज हुने भएकोले उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिमको ब्यबस्था गरिएको उपाध्यक्ष थापा मगरले बताउनु भयो।
तालिममा उपभोक्ता र उपभोक्ता समितिका पदाधिकारीहरुको काम कर्तब्य र अधिकारबारे सहजिकरण गर्दै प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले उपभोक्ता मार्फत संचालन गरिने हरेक योजनाहरुहरुमा उपभोक्ताहरुको सहभागिताले योजना प्रतिको अपनत्व बढाउने भएकोले उपभोक्ता समितिका पदाधिकारीहरु बढी जिम्मेवार बन्न आवस्यक रहेको बताउनु भयो।
कार्यक्रममा आर्थिक प्रशासन शाखा प्रमुख सन्तोष गैरेले योजना संचालन गर्दा उपभोक्ता लागत सहभागिता र कर प्रणालीका बारेमा जनाकारी दिदै कुनै पनि योजना संचालन गर्दा होस या खरिद बिक्री गरेपछि राज्यलाई कर तिर्नु हरेक नागरिकको कर्तब्य भएको बताउनु भयो। यसैगरी पुर्वाधार बिकास शाखा प्रमुख इन्जिनियर सुबोध ज्ञवालीले हरेक योजनाहरु संचालन गर्नु पुर्व ती योजनाहरु संचालन गर्दा के कति खर्च हुन्छ र के के कुरामा खर्च गर्ने भन्ने कुराको अनुमानित लागत तयार गर्नु पर्ने कुरा उल्लेख गर्दै लागत इस्टिमेटको आधारमा योजना संचालन गर्दा मापदण्ड सिमा पुरा हुने बताउनु भयो। मापदण्ड अनुसार योजना संचालन गर्दा योजनाको गुणस्तर समेत कायम हुने भएकोले जुन योजनालाई जति बजेट विनियोजन वा स्टिमेट गरिएको हो सोही अनुसारको रकम भुक्तानी समेत हुने इन्जिनिय ज्ञवालीले बताउनु भयो।
योजना शाखा प्रमुख चन्द्रमणी घिमिरेले योजना संचालन गर्दा योजना सम्झौता पुर्व, सम्झौता पछि र योजना सम्पन्न पछि गरिने बिभिन्न चरणहरुको बारेमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम दिनु भएको थियो। कञ्चन गाउपालिकाले श्रममुलक योजनाहरु उपभोक्ता मार्फत संचालन गर्ने नीति लिए अनुसार ती योजनाहरु संचालन गर्र्न ५ वटै वडाहरुमा उपभोक्ता समति गठन गरिरहेको योजना शाखा प्रमुख घिमिरेले बताउनु भयो।
कञ्चन गाउपालिका वडा नं। ३का वडा अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षता तथा कार्यपालिका सदस्य सुकमाया दर्जीको स्वागतमा भएको कार्यक्रम हरैयाको संस्कार द होटलमा सम्पन्न भएको हो। चाल आ।व।मा करिब २०० भन्दा बढी श्रममुलक योजनाहरु उपभोक्ता मार्फत संचालन गर्ने भएको छ।







