LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना, कार्तिक १ । नेपाली कांग्रेस सैनामैना नगरसमितिले नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली र छठ पर्वको अवसरमा मंगलवार शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
सैनामैना ८ को सतचिन्तन प्रतिष्ठानमा आयोजित कार्यक्रममा शुभकामना ब्यक्त गर्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सार्वजनिक लेखा समितिका निवर्तमान सभापति भरतकुमार शाहले राजनीतिक जीवनका उकाली ओरालीमा उतारचढाव आईरहने भएकोले कोहीपनि जटिल परिस्थिति आयो भन्दैमा आत्तिन नहुनेमा नेता कार्यकर्ताहरुलाई ढाड्स दिनुभयो । उहाँले नेपाली कांग्रेसभित्र अव कुनैपनि गुट उपगुट नरहेको समेत उल्लेख गर्नुभयो । नेता शाहले चुनाव अघि गुट गुटको चर्चा हुने गरेपनि चुनाव सकिएपछि आउने नेतृत्व सवैको साझा हुने भएकोले त्यसमा गुटको कुनै अस्तित्व नहुने बताउनु भयो ।

 

नेता शाहले नेपाली कांग्रेस सरकारमा रहेकोले युवा, किसान, व्यवसायी सवैको समस्या समाधानमा सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।
उहाँले मुलुकमा बेरोजगारीको समस्या समाधान नगर्ने हो भने र दैनिक २५ सय युवाहरु विदेश जानेक्रम रोकिने अवस्था आएन भने अर्को चुनावमा गठबन्धनलाई जनताले भोट नहाल्ने जिकिर गर्नुभयो ।

 

त्यसैगरी कार्यक्रममा शुभकामना ब्यक्त गर्दै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति प्रजापाल गिरिले पार्टीभित्र नयाँ मानिस आउने बाताबरण नहुनुका पछि धेरै कारण होलान भन्दै त्यसमध्ये प्रमुख कारण भनेको सधै गुनासोको पोकोमात्र बोकेर हिँडनु हो भन्नुभयो । उहाँले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले नै कांग्रेसमा उर्जा भर्नुको साटो खाली असन्तुष्टीमात्रै ब्यक्त गर्दै हिँडेकोले कांग्रेसभित्र समस्या सिर्जना भैरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय