LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 

डि यन के खनाल
काठमाण्डौ – साउदी अरबलाई ३ सय १ रनले हराउँदै नेपाल १९ वर्ष मुनिको एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । मलेसियामा नेपालले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९ ओभर १ बलमा ४६ रन बनाउँदा अलआउट भयो । उसका वरुण सरावनन मुदाईअरले ११ रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका दिपेश कँडेलले आज पनि ६ विकेट लिए । उनले ९ ओभर १ बलमा १८ रन दिएर ६ विकेट लिए । उनले यसअघिको खेलमा पनि ६ विकेट लिएका थिए । यस्तै आकास चन्दले २ र सुवास भण्डारीले एक विकेट लिए । यसअघि मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनायो ।

नेपालका अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय पारी खेले । यस्तै, आकाश त्रिपाठीले ८९ रन बनाए । दीपक बोहराले २९, बिशाल बिक्रम केसीले २४, दिपेश कडेल र दिपकप्रसाद डुम्रेले १४–१४ रन बनाए भने मिलन बोहराले ९ रन जोडे ।

साउदी अरबका मोहम्मद अहमद र अहमद राजाले दुई –दुई विकेट लिए भने अब्दुल्लाह शिराज, जुहैर मोहम्मद र शजिव मुजिबुर रहमानले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय