LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देही । आफैबाट रुपान्तरण जरुरी भन्दै विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रले बिहीवार सैनामैना नगरपालिका वडा नं। १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय क्षेत्रमा सरसफाइ अभियान सम्पन्न गरेको छ ।

माओवादी लुम्विनि प्रदेशका अध्यक्ष सुर्दशन बरालको नेतृत्वमा रहेको उक्त क्षेत्रमा पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय क्षेत्रमा करिब ३ घण्टा सरसफाइ अभियान सम्पन्न भएको पार्टीका वडा अध्यक्ष नारायण पाण्डेले बताए ।

अध्यक्ष सुर्दशन बरालले बिहान ७ बजे सरसफाई अभियानको उद्घाटन गरेका थिए । अभियानबारे स्पष्ट पार्दै अध्यक्ष बरालले जनतासँग रुपान्तरण हुनु भनेको जनताका समस्या र सरोकारका विषयमा जोडिएर मात्र सम्भव हुने बताए ।

‘जनताले माओवादी बिगे्र पनि फेरि सच्चिन्छौं भनेर आएपछि हामीले साथ दिनुपर्छ भनेका छन्, तर हामी जनभावना अनुसार रुपान्तरण हुनैपर्छ’, उनले भने, ‘पटक–पटक जनताले विश्वास गदैनन् । यसपल्टको अभियानबाट हामी सच्चिन्छौं भन्नेमा व्यवहारबाटै विश्वस्त पार्नु हाम्रो कर्तव्य हो ।’

 

 

यस्तै सैनामैना नगरका अध्यक्ष मान बहादुर महत नारायण  ले जनसरोकारका विषय उठाएर मात्र रुपान्तरण सम्भव भएकाले जनताका पिरमर्का र मुद्धाका लागि संघर्षशील हुनु नै वास्तविक रुपान्तरण हुने बताए ।

अभियानमा प्रदेश सचिवालय सदस्यहरू, उद्यमी व्यवसायी, पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयका पदाधिकारी, बुद्धिजिवी, पार्टी सदस्य र स्थानीयको समेत सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय