LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

दाङ – दाङमा दशैँको अवधिमा छ सय भन्दा धेरै गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । गएको असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्ममा ६ सय ७९ वटा गाडी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनुभयो ।

प्रमुख मल्लका अनुसार ६ सय ७९ वटा गाडी कारबाहीबाट ५ लाख १३ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भएको छ । दशैँको अवधिमा जिल्लामा झण्डै दैनिक ८५ वटा गाडी कारबाहीमा परेको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा मोटरसाइकल रहेका छन् । दशैँमा मात्रै २ सय ७७ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । जसबाट दुई लाख १४ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भएको छ । हेलमेट नलगाउने, लाइसेन्स नबोक्ने, दुई जना भन्दा धेरै बोकेर मोटसाइकल चलाउनेहरु कारबाहीमा परेको प्रमुख मल्लले जानकारी दिनुभयो ।

मोटरसाइकल पछि कारबाहीमा पर्नेमा जिप तथा कार रहेको छ । यसैक्रममा ट्राफिक नियम विपरीत गाडी चलाउने एक सय २ जना चालकलाई कारबाही गरिएको छ । जसबाट ८५ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भएको छ । त्यस्तै एक सय ९ वटा अटोरिक्सा कारबाहीबाट ७४ हजार ५ सय रुपैँया, ८७ वटा ट्रकबाट ६२ हजार ५ सय, ६७ वटा बसबाट ५० हजार ५ सय र ३७ वटा ट्रयाक्टरबाट २६ हजार रुपैँया राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेटस् कात्तिक १०, २०८०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय