LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना, कार्तिक  ११
लुम्बिनी प्रदेशकै सांस्कृतिक कला कौशल सम्पन्न स्थानिय तह मध्ये एक रुपन्देही जिल्लाको सैनामैना नगरपालिका रहेको छ । यस क्षेत्रमा रहेका कला, धर्म संस्कृति संरक्षण तथा शिसु उद्यमशिलता ,पर्यटन र कृषि प्रवर्द्धन गर्ने लक्ष्य सहित २०७२ साल देखि राष्ट्रिय सैनामैना महोत्सव संचालन गर्दै आइएको छ ।

यस वर्ष सैनामैना उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा प्रविधिलाई जोडेर छैठौँ राष्ट्रिय सैनामैना कृषि , पर्यटन ,प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८०, सैनामैना  ३, निमार्णाधिन सैनामैना पार्क ९ पुरानो हाटबजार तथा नवदुर्गा मन्दिर परिसरमा संचालन गरिने महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमबहादुर खड्काले बताएका छन् । उनका अनुसार यहि मंसिर ६ गते देखि मंसिर १७ गते सम्म महोत्सव संचालन हुने र महोत्सवका प्रमुख आर्कषण भनेको सैनामैना क्षेत्रको हस्तकला, उद्यमशिलता, कला धर्म जगेडा गर्ने किसिमको विगत भन्दा भिन्न किसिमको संचालन गरिने वताएका छ । स्थानिय मगर जाति, थारू जाति, क्षेत्री जातिका परिकार साथै संस्कृति झल्किने झाँकी व्यवस्थापन रहने छ भने सैनामैना क्षेत्रको नमुना पार्क रहने छ ।

युवाहरुको लागि सेल्फी जोन र डिजे को व्यवस्थापन गरिने छ । मेलाका सॉस्कृतिक संयोजक कृष्ण पोख्रेलका अनुसार राष्ट्रिय स्तरका कलाकारहरुको दैनिक प्रस्तुति रहने छ भने सैनामैना डान्सिङ आइडल, मम्मी डान्स, लोकदोहोरी प्रतियोगिता , विद्यालय स्तरीय, लोक नृत्य र राष्ट्रिय स्तरका डान्सर महोत्सवको आर्कषण रहने बताएका छन् ।

अन्र्राष्ट्रिय गौरव बोकेको उद्योग वाणिज्य संघको प्रतिष्ठालाई ख्याल गरी सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा संचालन हुने महोत्सव सवै सैनामैना बासी, तथा छिमेकी पालिका जनतालाई मनोरंजन तथा नयाँ सिप र प्रविधि संग जोड्दै, महोत्सव गरिमा कति पनि घटन नदिने संघका महासचिव लोकनाथ अधिकारीले बताएका छन् ।

महोत्सवमा विभिन्न फरक फरक उत्पादन र व्यापार जोडेर स्टल व्यवस्थापन गरिने छ । भने धेरै भन्दा धेरै स्टल स्थानिय रहने स्टल संयोजक दिपक अधिकारीले जनाएका छन् । उनकाअनुसार देशका विभिन्न भागबाट स्टल बुकिङ गर्ने लहर रहेको कुनै पनि स्टल ठेकेदारलाई नदिइने जानकारी गराएका छन् ।

महोत्सवमा सैनामैना क्षेत्रका विभिन्न जात जातिका भाषा, संस्कार र संस्कृति झल्कने झाँकीसहित यही मंसिर छ गते वृहत् रुपमा समुद्धन हुने झाकी व्यवस्थापन समिति संयोजक गुरु पराजुलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय