LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा एउटा कारबाट तेल चुहिएपछि भएको दुर्घटनामा परि कम्तीमा ३५ जनाको ज्यान गएको छ। दुर्घटनामा अरु ५३ जना घाइते भएका इजिप्टको सरकारी पत्रिका अहरामले जनाएको छ।

बेहेरानजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर अरु गाडीमा पनि आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ।

घटनाको आपराधिक अनुसन्धान गर्न इजिप्ट सरकारले आदेश दिइएको छ । तीव्र गति, सडकको कमजोर मर्मतसम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौँको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन् ।

विगत केही वर्षयता इजिप्टले सडकमा हुने दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय