LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नबिन घिमिरे
कार्तिक १३ गते
रुपन्देहीको कञ्चन गाउँपालिकालाई छिटोभन्दा छिटो सुकुम्बासी मुक्त पालिका घोषणा गरिने भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुबीच कञ्चन गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियात्मक कार्यक्रममा उक्त प्रतिवद्धता ब्यक्त गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खडकाले कञ्चन गाउँपालिकालाई छिटै नै सुकुम्वासी मुक्त घोषणा गरिने प्रतिवद्धता जनाउनु भयो । उहाँले आयोगको म्याद अझै एक बर्ष रहेपनि गठबन्धन सरकार तीन बर्ष यथावत रहने, आयोगले काम गर्ने र अहिलेकै जनप्रतिनिधिहरुकै नेतृत्वमा लालपुर्जा दिइन्छ, कञ्चनलाई सुकुम्वासी मुक्त बनाईन्छ भन्नुभयो ।

राष्ट्रिय भूमि आयोगका प्रवक्ता समेत रहनु भएका खडकाले कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरु कञ्चनका सुकुम्बासी परिवारलाई छिटोभन्दा छिटो लालपुर्जा वितरण गर्न अत्यन्त सकृयतासाथ लागेको आफूले पाएको बताउँदै पहिलो चरणमा ५ हजार लालपुर्जा वितरण गर्ने काम छिटै हुने विश्वास दिलाउनु भयो । बर्तमान गठबन्धन सरकारकै पालामा र कञ्चनका अहिलेकै जनप्रतिनिधिकै नेतृत्वमा कञ्चनका सुकुम्वासीले लालपुर्जा पाउने भए भनेर केही ब्यक्ति अत्तालिएको र लालपुर्जा वितरण रोक्न सकिन्छ कि भनेर अख्तियारसम्म पुगेको बताउँदै उहाँले अव कञ्चनका सुकुम्वासीले लालपुर्जा पाउने कुरा कसैले रोक्न नसक्नेमा प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिका सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने काममा ७ सय ५३ पालिकामध्ये सवैभन्दा अगाडी रहेको बताउँदै सवैको सहयोग र समन्वयले लालपुर्जा वितरणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले परामर्श सेवामार्फत काम गर्दा धेरै छिटो र छरिता भएको उल्लेख गर्दै कसैलाई आशंका लाग्छ भने आएर हेर्न चुनौति दिनुभयो । अध्यक्ष ढकालले कञ्चनका जनप्रतिनिधिहरु आर्थिक प्रलोभनबाट मुक्त भएर कामलाई अघि बढाएको दावी गर्नुभयो ।

त्यसैगरि कार्यक्रममा नेकपा एमाले कञ्चन गाउँपालिकाका अध्यक्ष दिनानाथ शर्माले कञ्चनका सुकुम्वासी र अव्यवस्थित बसोबासीले लालपुर्जा पाउने कुरा सवैभन्दा महत्वपूर्ण रहेकोले आफूहरुले पालिकालाई सहयोग नै गरेको बताउँदै पालिकाभित्र कति सुकुम्वासी छन र कति अव्यवस्थित बसोबासी छन, तिनीहरुले पुर्जा पाउने अवस्थामा पालिका र आयोगले छिटो काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा कञ्चनका सवै राजनैतिक दल, नागरिक समाज, समाजसेवी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थिया । त्यस अवसरमा बोल्नेहरुले पुर्जाको राजस्व बढी भएकोले त्यसमा पुनरावलोकन गर्न माग गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय