LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

नबिन घिमिरे
कञ्चन

रुपन्देहीको कञ्चन गाउँपालिकामा बुधबार सुत्केरी भएपछिको अवस्थाको जाँच सम्वन्धि गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा आ.व. २०७९÷०८० को प्रगती प्रतिबेदन पेश गदै कञ्चन गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले कञ्चन गाउँपालिकामा एक बर्षमा ६ सय ४० जना सुत्केरी भएकोमा ५ सय ८१ जनाले सुत्केरी पछिको जाँच सम्वन्धि स्वास्थ्य सेवा लिएको बताउनु भयो ।

गोष्ठीको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले शिक्षा र स्वास्थ्य मानिसको जीवनको सवैभन्दा महत्वपूर्ण विषय भएकोले आफूहरुले कञ्चनमा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले पछिल्लोसमय कञ्चनका गर्भवतीहरु पालिकाको स्वास्थ्य चौकीमा आएर सुत्केरी हुने क्रम बढेको बताउँदै आमा र बच्चाको मृत्यु दर घटाउन कञ्चनमा योजनाबद्ध भएर काम गरिरहेको बताउनु भयो ।

कञ्चनमा नयाँ जनप्रतिनिधि आएपछि पालिकाभित्रै निशुल्क गर्भवती जाँच, निशुल्क प्रयोगशालाको व्यवस्थाका साथै सुत्केरी तथा गर्भपतन सेवा गुणस्तरीय बनाइएको कारण स्थानीय जनताको विश्वास बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय