LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नबिन घिमिरे
कञ्चन

रुपन्देहीको कञ्चन गाउँपालिकामा बुधबार सुत्केरी भएपछिको अवस्थाको जाँच सम्वन्धि गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा आ.व. २०७९÷०८० को प्रगती प्रतिबेदन पेश गदै कञ्चन गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले कञ्चन गाउँपालिकामा एक बर्षमा ६ सय ४० जना सुत्केरी भएकोमा ५ सय ८१ जनाले सुत्केरी पछिको जाँच सम्वन्धि स्वास्थ्य सेवा लिएको बताउनु भयो ।

गोष्ठीको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले शिक्षा र स्वास्थ्य मानिसको जीवनको सवैभन्दा महत्वपूर्ण विषय भएकोले आफूहरुले कञ्चनमा शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले पछिल्लोसमय कञ्चनका गर्भवतीहरु पालिकाको स्वास्थ्य चौकीमा आएर सुत्केरी हुने क्रम बढेको बताउँदै आमा र बच्चाको मृत्यु दर घटाउन कञ्चनमा योजनाबद्ध भएर काम गरिरहेको बताउनु भयो ।

कञ्चनमा नयाँ जनप्रतिनिधि आएपछि पालिकाभित्रै निशुल्क गर्भवती जाँच, निशुल्क प्रयोगशालाको व्यवस्थाका साथै सुत्केरी तथा गर्भपतन सेवा गुणस्तरीय बनाइएको कारण स्थानीय जनताको विश्वास बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय