LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

गुल्मी – प्रथम ऐतिहासिक गुल्मी महोत्सव आज बुधवारदेखि शुरु भएको छ । गुल्मी उद्योग सङ्घको आयोजनामा शुरु भएको महोत्सव यही कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको ‘जाउँ हिँडौँ रेसुङ्गा अभियान’ लाई प्रवर्द्धन गर्न र जिल्लामा लगानी सम्भावनाको खोजीका लागि महोत्सव गर्न लागेको गुल्मी उद्योग सङ्घका अध्यक्ष नवराज भुसालले जानकारी दिनुभयो ।

महोत्सवको शुभारम्भमा गुल्मीको ऐतिहासिक एवम् धार्मिक स्थल तम्घास्थान मन्दिर परिसरबाट विभिन्न समुदायका झाँकी र बाजागाजासहित बजार परिक्रमा गरिएको थियो । महोत्सवको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसारका लागि महोत्सव कोशेढुङ्गा साबित हुने बताउनुभयो । धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको पहिचान गर्दै लुकेर रहेका उद्योग व्यवसायको प्रवर्द्धन र पर्यटकीय क्षेत्रको विकासका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

महोत्सवमा सांस्कृतिक झाँकीको प्रर्दशन, होमस्टेका परिकारको प्रवर्द्धन, साना तथा मझौला उद्योगहरूको कला र सीप प्रदर्शन गर्नुका साथै पालिकामा उत्पादित मुख्य वस्तु तथा सामग्रीहरू प्रदर्शनमा राखिएको छ ।

महोत्सव आयोजक समितिले गुल्मीमा पहिलो पटक जलविद्युत् मार्फत उज्यालो अभियानको शुरुवात गर्ने माधव मरासिनी, होटेल व्यवसायी हिरामणि सापकोटा, व्यावसायिक रूपमा गाईपालन व्यवसाय भित्र्याउने लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य कमलराज श्रेष्ठ र जिल्लामा पहिलो पटक महोत्सवको अवधारणा ल्याउने माओवादी नेता अशोक थापालाई नगद र प्रमाणपत्रद्वारा सम्मान गरेको थियो ।

महोत्सवमा तीन सय २० वटा स्टल रहेका छन् । महोत्सव अवधिभर एक लाख दर्शकले अवलोकन गर्नुका साथै ६० करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सवको पहिलो दिन दर्शकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय