सैनामैनामा रहेको न्यू एकेडेमी बोर्डिङले प्रथम खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मिन प्रसाद पौडेलको बोर्लिङमा सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले ब्याटिङ गरेर न्यू एकेडेमी प्रथम खुल्ला क्रिकेट प्रतियोगिताको सुभारम्भ गरिएको थियो ।
यस प्रकारका प्रतियोगिताले बिधार्थीहरुमा खेल प्रतिभाको बिकास गर्न सहयोग पुग्ने सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनु भयो ।
बिधार्थीहरुको सिकाईमा टेवा पुर्याउने उदेश्य न्यू एकेडेमी बोर्डिङले प्रथम खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरेको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मिन प्रसाद पौडेलले बताउनु भयो ।



प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु ३० हजार, ट्रफि र प्रमाण पत्र र द्धितिय हुनेलाई नगद रु १५ हजार, ट्रफि र प्रमाण पत्र र अन्य बिभिन्न बिधामा पुरस्कार दिईने न्यू एकेडेमी बोर्डिङका प्रधानाध्यापक टोपलाल भट्टराईले जानकारी दिनु भयो ।
प्रतियोगितामा बिभिन्न बिधालय र क्लब गरी १४ समुहले सहभागीता जनाएको खेल संयोजक कौशल सिंहले जानकारी गराउनु भयो । प्रतियोगिता ६ दिन सम्म सैनामैना ६ मा रहेको खेल मैदानमा संचालन हुने छ ।




