LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकामा मेलमिलाप तथा सहजकर्ताहरुका लागि आठ दिने तालिम विहिवारदेखि सुरु भएको छ ।
कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा भएको तालिममा ३० जना मेलमिलाप सहजकर्ताहरुको सहभागिता रहेको छ ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्ड काठमाण्डौंको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।
पालिकामा आउने मुद्दा मामिलाको सहजीकरण गर्ने, पैरवी गर्ने, मेलमिलाप गराउने उद्देश्यले स्थानीय पालिकाहरुमा उपाध्यक्षको संयोजकत्वमा मेलमिलापकेन्द्र गठन हुने व्यवस्था छ ।
त्यसका लागि पालिकास्तरमा सर्वदलीय सहमतिको आधारमा समन्वय तथा मेलमिलाप तथा सहजकर्ताको मनोनयन गरिन्छ ।
विहिवारदेखि सुरु भएको तालिमले गाउँपालिकामा आएका मुद्दा मामिला स्थानीय स्तरमै मिलाउन सहयोग पुग्ने विश्वास सहभागीहरुले गरेका छन ।
पालिकामा हुने झैझगडा तथा विभिन्न प्रकारका मुद्दा अदालतमा भन्दापनि पालिकामै मिलापत्र गराउने उद्देश्यले मेलमिलाप केन्द्र गठनको अवधारणा आएको हो ।
कञ्चन गाउँपालिकामा पनि सकेसम्म स्थानीय मुद्दा मामिला पालिकास्तरमै मिलापत्र गराउन मेलमिलापकर्ताहरुलाई तालिमको आयोजना गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय