LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 

डि यन के खनाल सैनामैना, कात्तिक १७ गते । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स ९युएई०ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा यूएईले एक सय ३४ रन बनायो ।

यूएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे । साथै कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए । आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । साथै सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिए । दुई ब्याटर रन आउट भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय