LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

डि यन के खनाल सैनामैना । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार तेस्रो जित निकालेको छ । शुक्रवार लखनउमा भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले हरायो ।

नेदरल्यान्डसले दिएको १ सय ८० रनको लक्ष्य अफगानिस्तानले ३१ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले नटआउट ५६ रन बनाए । यस्तै रहमत शाहले ५२ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भाव बीक, रोल्फ भान डेर मेरवे र सकिब जुल्फिकरले समान १ विकेट लिए ।

यसअघि लखनउमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा १ सय ७९ रनमा समेटियो । नेदरल्यान्ड्सका साइब्रान्ड एन्गेलब्रेक्टले सर्वाधिक ५८ रन बनाए । यस्तै म्याक्स ओडाउडले ४२ र कोलिन एकरमानले २९ रन जोडे । बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ३ र नूर अहमदले २ विकेट लिए ।

यो जितसँगै ७ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । नेदरल्यान्ड्स उति नै खेलमा ४ अङ्कसहित आठौँ स्थानमा छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय