LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा स्वास्थ्यकर्मी सहितको औषधि र सहायता सामाग्री पठाएको छ । नगरपालिकामा शनिवार आयोजित आकस्मिक बैठकबाट नगरपालिकाले सो निर्णय गरेको हो ।


नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा उपप्रमुख जागेश्वरी देवी चौधरी र कार्यपालिका सदस्यहरु सहितको उपस्थितिमा बसेको बैठकबाट भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

नगरपालिकाले घाइतेहरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै नगरपालिकाबाट समेत सो कार्यका लागि सामाग्री र टोली पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।


सो कार्यका लागि जाजरकोट तर्फ जान लागेका स्वास्थ्यकर्मीलाई नगरप्रमुख खाणले आफुले प्रयोग गर्दै आएको गाडी समेत उद्धारकार्यका लागि पठाउनु भएको छ ।
जनस्वास्थ्य निरिक्षक रामेश्वर ढकाल सहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्री, सहित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई ५÷५ लाखका दरले राहत सामाग्रीका लागि रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो । उद्धारको टोली नगरपालिकाबाट सामाग्री सहित शनिवार दिउसो प्रस्थान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय