LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

डि यन के खनाल । कात्तिक १९आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको छ । सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याएको नेपालले १० रनमात्र बनाउन सक्यो ।

आज आइतवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा ओमानले ७ रनमात्र बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । ओमानका काश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । यस्तै अकिब इलियासले ३३ र कप्तान जेशान मक्सूदले २६ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनायो । नेपालका गुलसन झाले सर्वाधिक ५४ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१ र करण केसीले नटआउट २० रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले ३ र अकिब इलियासले २ विकेट लिए ।

नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल ओमानसँग भने ५ रनले पराजित भएको थियो । यस्तै नेपालले सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको थियो । नेपाल यसअघि सन् २०१४ मा टी–२० विश्वकपमा छनोट भएको थियो ।

समूह चरणमा सबै खेल जितेको ओमानले सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा छनोट भएको थियो । ओमानले यसअघि सन् २०१६ र २०२१ मा टी–२० विश्वकप छनोट खेलिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय