LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कात्तिक १९,
काठमाण्डौ – नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको छ ।

आज उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाण्डौका विभिन्न ठाउँबाट नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सोमेन्द्रसिंह राठौरले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृति, ुप्लस टुु को नक्कली सर्टिफिकेट, नक्कली नाता प्रमाणित प्रतिलिपि प्रतिवेदनका आधारमा अनुसन्धानबाट १० जना पक्राउ परेका जानकारी दिनुभयो । उहाँले नवलपुरको मध्यविन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको बताउनुभयो ।

पक्राउ पर्नेहरूमा श्रेष्ठसहित गोर्खाका भक्तबहादुर थापा, विपिन ढकाल, अजित फेवाली, उदयपुरकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाण्डौका साईरस विशंखे, दीपक केसी र सल्यानका बलबहादुर रहेका छन् । एसएसपी राठौरले अनुसन्धानका क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको बताउनुभयो । गिरोहले भिजिट भिषामा नक्कली कागजातमा पठाउने विषयमा कतिपय मानिसलाई थाहासमेत नभएको उहाँको भनाइ छ ।

प्रहरीले उनीहरूको साथबाट दुई सय ९६ वटा नक्कली कागजात बरामद गरेको छ । पक्राउ परेका दीपक केसीले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूबाट सङ्कलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजात बनाउन ुअर्डरु दिने र प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय