LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कार्तिक १९

दिनेश खनाल सैनामैना   विराट कोहलीको कीर्तिमान शतक तथा रवीन्द्र जडेजाको पाँच विकेट प्रदर्शनको मद्दतले भारत विश्वकप क्रिकेट २०२३ मा दक्षिण अफ्रिकालाई आइतबार २ सय ४३ रनले पराजित गरेको छ । यो जितपछि भारतको १६ अंक भएको छ र लिग चरणमा शीर्ष स्थानमा रहने निश्चित भएको छ ।

शीर्ष स्थानका दुई प्रत्यासीबीच इडेन गार्डेनमा भएको खेलमा भारतले सजिलै विजयी रहेको हो । दुवै टिम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

दक्षिण अफ्रिका भने प्रतियोगिताको दोस्रो हारपछि १२ अंकमा सीमित रह्यो । जितका लागि ३ सय २७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले २१।५ ओभरमा सबै विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । यसअघि उत्कृष्ट ब्याटिङमा गरेको दक्षिण अफ्रिकाले यस्तै खेल दोहोर्‍याउन सकेन ।

उसलाई सस्तोमा समेट्न जडेजाले मुख्य भूमिका खेले । उनले नौ ओभरमा ३३ रन दिएर पाँच विकेट लिए । यस्तै मोहम्मद सामी र कुलदीप यादवले दुईरदुई विकेट हात पारे । दक्षिण अफ्रिकी ब्याटरमध्ये मार्को यान्सनले १४ र रस्सी भान डेर डुसेनले १३ रन बनाए । त्यस अगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको भारतले पाँच विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो ।

त्यसमा कोहलीले १० चौकाको मद्दतले १ सय १ रन बनाए । आफ्नो ३५ औं जन्मदिन मनाइरहेका कोहलीले ४९ औं वान डे शतक पूरा गरे र यसक्रममा सचिन तेन्दुलकरको बराबरी खेले । भारतका लागि श्रेयस अयरले ७७ रनको योगदान दिए । कप्तान रोहित शर्माले २४ बलमा ४० रन बनाएर टिमलाई आक्रामक सुरुआत दिलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय