LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

कार्तिक २१,

पाल्पा — पाल्पाको भुतखोलामा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान भूतखोलाको पोखरीमा डुबेर सिद्धार्थनगर नगरपालिका–९, बस्ने, २२ वर्षीय बिमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रुपन्देहीको भैरहवाबाट घुम्न आएका आचार्य र २६ वर्षीय युना दाहाल भूतखोला पोखरीमा अचानक डुबेको र स्थानीयले उद्दार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएकामा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए ।

घाइते अवस्थामा रहेकी दाहालको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनाको सम्बन्न्धमा थप अनुसन्धान भइरहेको छ ।

भूतखोलामा रहेको पोखरी र झरना अवलोकन गर्ने आउनेहरु अकालमै ज्यान गुमाउने गरेका हुन् । तथ्यांक अनुसार हरेक वर्ष भूतखोलामा पौडी खेल्न, घुम्न, फोटो खिच्न जानेहरु ६ जनाको मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रदेश र स्थानीय सरकाले बिना अध्ययन जथाभावी निर्माण गरेको संरचनाले हरेक वर्ष गर्मी सिजनमा पौडी खेल्न जाने र अन्य सिजनमा फोटो खिच्न जानेहरु चिप्लिएर लड्ने गरेका हुन् । पर्यटकीय स्थल भनेर विकास गरेका स्थल असुरक्षित देखिएकाले प्रदेश र स्थानीय सरकारले पनि लगानी गर्दा ध्यान दिनुपर्ने स्थानीय टुकबहादुर सारु मगरले सुझाव दिए ।

गत वर्ष प्रदेश सरकारले पर्यटकीय क्षेत्र भूतखोला व्यवस्थित गर्न २५ लाख बजेट विनियोजन गरेको थियो । डिभिजन वन कार्यालय र स्थानीय सामुदायिक वनले व्यस्थित गर्ने योजना अघि सारे पनि सुरक्षाको प्रबन्ध भने नमिलाएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय