LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

भुकम्प प्रभावितलाई राहत सहयोग उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको सैनामैना नगरमा समेत राहत संकलन गरिएको छ । यसरी संकलन भएको खाद्यान्न लगायतका सामान जिल्ला विपद तथा दैबी प्रकोप व्यवस्थापन समितिमार्फत पठाउने व्यवस्था अनुसार सैनामैना नगरपालिकाले बुधबार जिल्ला बिपद व्यवस्थापन समितिमार्फत पठाउने भएको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बताउनु भयो ।

नगरपालिकाले भुकम्प प्रभावितहरुलाई राहत सामाग्री पठाउन वडा वडामा राहात सामाग्री संकलन गरेको हो ।
यसैबीच सैनामैनाको सप्तऋषि सहकारी संस्थाले भुकम्प प्रभावितलाई राहत सामाग्री सहयोग गरेको छ । सहकारीले एकसय पिस डाईपर, एकसय पिस हाइनेक, ६० पिस टोपी, चाउचाउ, एकसेट गलैचा र केही सेट कपडा सहयोग गरेको छ । ती सहयोग सामाग्री सहकारीका अध्यक्ष प्रेमबहादुर बानियाले सैनामैना नगरपालिकालाई हस्तान्तरण गर्दै भुकम्प प्रभावितलाई मानवीय नाताले सहयोग दिने उद्देश्यले राहत सामाग्री प्रदान गरिएको बताउनु भयो ।

सैनामैना नगरपालिका बिपत ब्यबस्थापन फोकल पर्सन सुरज न्यौपानेले सैनामैनाबाट संकलन भएको राहत भुकम्प प्रभावित क्षेत्रमा पठाउन आवश्यक तयारी भैरहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय