LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नबिन घिमिरे कार्तिक २१ । रुपन्देहीको कञ्चन गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गहुँ र च्याउको बीउ बितरण गरेको छ ।
जस अनुसार गहुँ ५४ सय क्वीण्टल बितरण गरिएको छ भने च्याउ ४८ सय पोका वितरण गरिएको कञ्चन गाउँपालिका कृषि शाखाले जनाएको छ ।
कञ्चनका कृषकहरुले प्रति कृषक गहुँको बीउ १० केजी, पालिकामा रहेका कृषक समूहलाई १२० केजी र फर्मलाई ४० केजीका दरले ३ क्वीण्टल वितरण गरिएको हो ।
त्यसैगरि च्याउ ४८ सय पोका बितरण गरिएको पालिकाले जनाएको छ । जस अनुसार १५ सय किसानलाई ४०० ग्रामका दरले बिउ बितरण गरिएको छ ।
च्याउको बीउ २० वटा कृषि समूह र ५ वटा फर्मलाई बितरण गरिएको हो ।

 


पालिकाले १५ लाख बराबरको गहुँको बीउ र ४ लाख बराबरको च्याउ ५० प्रतिशत अनुदानमा बितरण गरेको हो । च्याउको बिउलाई आवश्यक प्लाष्टिक पालिकाले निशुल्क उपलब्ध गराएको हो ।
कञ्चन गाउँपालिका वडा नं. १ मा अनुदानको बीउ वितरण गर्दै वडा अध्यक्ष हरिनारायण चौधरीले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकहरुलाई उन्नत जातको प्रशोधन समेत गरिएको बीउ वितरण गरिएको बताउँदै साथै कृषकहरुलाई घाँसको बीउ सतप्रतिशत अनुदानमा समेत वितरण गरेको बताउनु भयो ।

त्यसैगरी पालिकाका कृषि शाखाका प्राविधिक रामप्रसाद अधिकारीले सत प्रतिशत ढुवानी अनुदान र ५० प्रतिशत अनुदानमा गहुँ र च्याउको बिउ बितरण गरिएको बताउनु भयो । उहाँले हेर्दा यो सानो आकारमा बीउ बितरण गरेको देखिएपनि खाद्य सुरक्षा तथा उत्पादनमा बिशेष टेवा पु¥याएको बताउनु भयो ।

अहिले बितरण गरिएको बीउबाट उत्पादित गहुँ र च्याउ कृषकहरुले अर्को बर्षका लागि समेत बीउका रुपमा प्रयोग गर्न सक्ने पालिकाले जनाएको छ । मंगलवार एकै दिन कञ्चनका सवै वडामा बीउ बितरण गरिएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय