LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नबिन घिमिरे कार्तिक २१
महिला शक्ति विकास केन्द्र नेपालको आयोजनामा कार्यक्रम सञ्चालन सीप तथा समन्वय विस्तार सम्बन्धि आधारभूत तालिम मंगलवारदेखि कञ्चनको वडा नंं २ स्थित वडा कार्यालय हलमा सुरु भएको छ ।
तालिमको एक समारोहका बीच कञ्चन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष टेकबहादुर गुरुङले उदघाटन गर्दै तालिमले महिला दिदी बहिनीहरुलाई जागरुक बनाउने र सचेत बनाउने लक्ष्यले आयोजना गरिएकोले यसको उपादेयता उपलब्धिमूलक हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अशिक्षाका कारण घरायसी बादविबाद समेत बढेको देखिएको अवस्थामा यो तालिमले थोरै भएपनि शिक्षा दिएर समाजलाई सकारात्मक सन्देश दिने अपेक्षा गरेको बताउनु भयो ।

केन्द्रकी अध्यक्ष सिर्जना सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पबित्रा पाण्डेले गर्नुभएको थियो भने सञ्चालन मञ्जु पौडेलले गर्नुभएको थियो । दुई दिन सञ्चालन हुने तालिममा स्थानीय ३० जना महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय