LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कात्तिक २२ गते । चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडिलाई करिब २८ करोडको राहत हस्तान्तरण गरेको छ । चिनियाँ राजदूत छन् सोङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पोखरामा आयोजित एक समारोहमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

राहत लिएर दुई चिनियाँ विमान बुधबार पोखरा विमानस्थलमा आएका थिए । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले चार हजार छ सय थान ब्याङकेट र छ सय थान टेन्ट चिनियाँ सरकारले प्रदान गरेको जानकारी दिनुभयो ।

 

राहत बुझ्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले ती सामान बुधबारै भूकम्प प्रभावित क्षेत्रमा पठाइने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल र चीन ऐतिहासिक मित्र देश हुन् । हाम्रो दुःखसुखसमा सधैँ चीन सरकारको सहयोग रहँदै आएको छ ।” उहाँले एकद्वार प्रणालीबाट राहत र पुनर्निर्माणको काम हुने उहाँले प्रष्ट पार्नुभयो । “एकद्वार भनेको तीन तहकै सरकारको समन्वयमा हुने काम हो । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् काम भइरहेको छ,” उहाँ भन्नुहुन्छ ।

राजदूत सङले भूकम्पको क्षतिमा नेपाली सरह दुःख अनुभूति भएको बताउनुभयो । उहाँले बुधबार प्रदान गरिएको सहयोगका अतिरिक्त चिनियाँ रेडक्रसले छुट्टै राहतसमेत प्रदान गर्ने उल्लेख गनुभयो । “शताब्दीऔंदेखि रहँदै आएको नेपाल र चीनको मित्रता निभाउँदै हामीले मानवीय सहयोग गरेका हौँ । बेल्ट एन्ड रोड अवधारणमा अन्तर्गत नेपालमा धेरै काम गरिरहेका छौँ ।”

 

यसअघि नै चीनले केरुङ नाका हुँदै झण्डै १० करोडका २३ ट्रक राहत सामग्री पठाइसकेको छ । गएको शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर आएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय