LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

 

रेशम चौधरीविरूद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको छ।

सर्वोच्च अदालतमा आज तोकिएको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिन्छ। सोही प्रक्रियाअनुसार रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सूचना अधिकारी घिमिरेले जानकारी दिए।

टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा भई गत जेठ १५ गते थुनामुक्त भएका थिए।

०७२ भदौमा टीकापुरमा २ वर्षीय बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी मारिएको घटनामा सर्वोच्च अदालतले ०७५ फागुनमा चौधरीलाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैद फैसला सुनाएको थियो।

गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैदमिनाहा गरेपछि चौधरी गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

टीकापुर घटनामा मृत्यु भएका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेको परिवारले रेशम चौधरीको कैद मिनाहाविरूद्ध सर्वोच्चमा रिट दिएका थिए।

जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय