LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |
Photo picture of Green Bananas Hanging on Banana Tree

कात्तिक २३ गते । सरकारले निर्यातलाई प्रोत्साहन गर्ने र आयातलाई विस्थापित गर्ने नीति बनाएर काम गरिरहेको छ तर यहाँ स्थित नेपाल–भारत नाकाबाट निर्यात कम र आयात बढी हुँदै आएको छ ।

सो क्रममा चालु आर्थिक वर्ष २०८०र ८१ को दुई महिनामा मात्रै यो नाकाबाट दुई हजार २६६ मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले चालु आवको साउन र भदौ महिनामा मात्रै नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार रुपियाँ मूल्य बराबरको दुई हजार ४६६ मेट्रिक टन केरा आयात भएको बताउनुभयो ।

उहाँले अहिले चाडपर्वको सिजन भएका कारण यी दुई महिनामा केरा आयात अत्यधिक हुने गरेको जनाउँदै अब आगामी महिनाबाट यति धेरै आयात नहुने बताउनुभयो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार यहाँबाट आयात भएको केरा स्थानीय बजारमा मात्र नभई बर्दिया, सुर्खेत, दाङ र नारायणगढसम्म खपत हुने गरेको छ ।

स्थानीयस्तरमा केरा उत्पादनका लागि कृषक उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यका केराका कारण उनीहरू टिक्न सकिरहेका छैनन् ।बाँकेका अगुवा किसान भानुभक्त भट्टराईले स्थानीय उत्पादन बढाउन सम्बन्धित निकायले कुनै चासो नदिँदा केरामा मात्र यति धेरै रकम बिदेसिएको बताउनुभयो । उहाँले स्वदेशी केरा उत्पादक कृषकले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आए पनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।

कृषिजन्य वस्तु उत्पादन गरी राज्यलाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य अनुरूप केरामा आत्मनिर्भर उन्मुख रहेको अवस्थामा निर्बाध रूपमा केरा आयात हुँदा व्यवसायीका साथै राज्यले समेत नोक्सानी बेहोर्नु परेको व्यवसायीको भनाइ छ ।

अर्का कृषक अगुवा देवेन्द्र अधिकारीले निर्बाध रूपमा भारतबाट केरा आयात गरिएकाले जिल्लामा उत्पादन भएको केरा बिक्रीवितरण हुन नसक्दा कृषकले लिएको ऋण डुब्ने खतरा बढेको बताउनुभयो ।

बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केरा कृषक र आश्रित परिवार बेरोजगारीको चपेटामा परी वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता बढेको उहाँको भनाइ छ । भारतबाट आयातित केरा रोग तथा विषादी परीक्षणसमेत नगरी भित्रिने गरेको किसान र उपभोक्ता दुवैको गुनासो छ ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार बाँके र बर्दिया जिल्लामा चार हजार कृषकले दुई हजार पाँच सय हेक्टरमा व्यावसायिक केरा खेती गरिरहेका छन् । यहाँ वार्षिक रूपमा झन्डै ९५ हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको छ तर पनि ठुलो परिमाणमा केरा आयात हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय