LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 

कालीकोट कात्तिक २४ गते । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका– ४ ठाना सिमतलीमा बोलेरो जीप दुर्घटना हुँदा चार खेलाडी घाइते भएका छन् ।

तिलागुफा नगरपालिकाको फोइ महादेवमा आयोजित १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर घर फर्किँदै गरेका खेलाडी दुर्घटनामा परेका हुन् ।

शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले मान्मबाट शुभकालिका घर आउँदै गरेका खेलाडी चढेको बोलेरो दुर्घटना भएको बताउनुभयो ।

बा १४ च ८८९९ नम्बरको बोलेरो जीपको ब्रेक फेल भएर सडकबाट खस्दा शुभकालिका ६ हाउडीका १७ वर्षीय वसन्त शाही, सोही ठाउका सुमन शाही, १८ वर्षीय प्रकाश शाही र १६ वर्षीया मीना शाही घाइते हुनुभएको छ । मीनालाई सामान्य चोट लागेको छ ।
घाइतेमध्ये वसन्तको छाती र बाया हातमा चोट लागेको छ भने अन्यको हात खुटामा चोट लागेको छ । घाइतेलाई सुकाटिया स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर जिल्ला अस्पताल मान्म ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो ।

जीप चालक तिलागुफा नगरपालिका–१ भिग्मका पदम बुढा फरार छन् । ५ जनाको सिट भएको बोलेरमा १२ जना चढेको स्थानीयले बताएका छन् । जीप सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय