LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

२०८० कार्तिक २४

सौगात भट्टराई सैनामैना १० झिमझिमियामा रहेको प्याराडाइज इङ्लिस स्कुलमा आज शुक्रबारका दिन देउसी भैलो तथा रङोली प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयमा रहेका ४ ओटा सदन बिच अन्तरसदनात्मक देउसि भैलो तथा रङ्गोली बनाउने प्रतियोगिता सम्पन्न भएको हो। कार्यक्रमको सुरुवातमा शुभकामना मन्तब्य राख्दै विद्यालयका प्रीन्सिपल सौगात भट्टराईले तिहारमा देउसी भैलोको महत्व बुझाउनका साथै विद्यार्थीहरुमाझ हाम्रो संस्कृति तथा परम्पराबारे जानकारी दिन र यसलाई बचाइराख्न हाम्रो भुमिका रहने भन्दै यस कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुभयो। कार्यक्रमको औपचारिक सन्चालन विद्यालयकि शिक्षिकाद्वय मिरा रेस्मी र सावित्रा पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन शिक्षक भरत परियार र झरना सारुले गर्नुभएको थियो। कार्यक्रमको बिचमा छोटो मन्त्ब्य राख्दै विद्यालयका शिक्षक केहरसिङ थापाले सम्पूर्ण शिक्षक९शिक्षिका , कर्मचारी , व्यवस्थापन समिती, शेयर समिती ,अभिभावक एवम विद्यार्थी हरुलाई शुभदिपावलिको शुभकामना व्यक्त गर्नुभएको थियो।साथै विद्यालयकि पुर्व शिक्षिका सरिता पाण्डे भट्टराईको विशेष उपस्थितिमा सम्पुर्ण शिक्षक९शिक्षिका र विद्यार्थीहरुसङ्ग उहाको परम्परागत देउसी भैलो भट्ट्याउने र गाउने प्रस्तुति पनि रहेको थियो जसले कार्यक्रममा थप रौनक पनि थपेको विद्यालयकि एक शिक्षिका भने कार्यक्रमको विचमा विद्यार्थीहरुको मारुनी नाच लगायतका विभिन्न तिहारका देउसी भैलो नाच पनि प्रस्तुत गरिएको थियो। प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई तिहार बिदा पस्चात पुरस्कार र प्रमाण पत्र बितरण गरिने कार्यक्रम संयोजक भरत परियारले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय