LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको र ५१ जनालाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः ५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ ।

“एघार जनाको मृत्यु भएको पुष्टि भएको छ, हताहत हुनेको निश्चित सङ्ख्या गणना भइरहेको छ”  “अहिलेसम्म ६४ जनालाई बाहिर निकालिसकिएको छ, तीमध्ये ५१ जनालाई उपचारका लागि लुलियाङ फर्स्ट पिपुल्स अस्पतालमा पठाइएको छ, उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।”

सामाजिक सञ्जाल साइट विबोमा पोस्ट गरिएको भिडियो फुटेजमा भवनबाट आगोको ज्वाला र कालो धुवाँ निस्किरहेको र दर्जनौँ मानिस पार्किङमा उभिएर हेरिरहेको देखाइएको छ ।

चीनमा लापरवाहीपूर्ण सुरक्षा मापदण्ड र कमजोर कार्यान्वयनका कारण औद्योगिक दुर्घटना भइरहन्छन् । जुलाईमा उत्तरपूर्वी एक स्कुल जिमको छत भत्किँदा ११ जनाको मृत्यु भएको थियो । एक महिनाअघि उत्तरपश्चिमी चीनमा एउटा बारबेक्यु रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो । अप्रिलमा बेइजिङमा एउटा अस्पतालमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको थियो ।

यस्तै सबैभन्दा नराम्रो दुर्घटनामध्येको एक सन् २०१५ मा तियानजिनमा भएको थियो । तियानजिनमा एक रासायनिक गोदाममा विस्फोट हुँदा कम्तीमा एक सय ६५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय