LIVE
पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न |

उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको र ५१ जनालाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः ५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ ।

“एघार जनाको मृत्यु भएको पुष्टि भएको छ, हताहत हुनेको निश्चित सङ्ख्या गणना भइरहेको छ”  “अहिलेसम्म ६४ जनालाई बाहिर निकालिसकिएको छ, तीमध्ये ५१ जनालाई उपचारका लागि लुलियाङ फर्स्ट पिपुल्स अस्पतालमा पठाइएको छ, उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।”

सामाजिक सञ्जाल साइट विबोमा पोस्ट गरिएको भिडियो फुटेजमा भवनबाट आगोको ज्वाला र कालो धुवाँ निस्किरहेको र दर्जनौँ मानिस पार्किङमा उभिएर हेरिरहेको देखाइएको छ ।

चीनमा लापरवाहीपूर्ण सुरक्षा मापदण्ड र कमजोर कार्यान्वयनका कारण औद्योगिक दुर्घटना भइरहन्छन् । जुलाईमा उत्तरपूर्वी एक स्कुल जिमको छत भत्किँदा ११ जनाको मृत्यु भएको थियो । एक महिनाअघि उत्तरपश्चिमी चीनमा एउटा बारबेक्यु रेस्टुरेन्टमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो । अप्रिलमा बेइजिङमा एउटा अस्पतालमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको थियो ।

यस्तै सबैभन्दा नराम्रो दुर्घटनामध्येको एक सन् २०१५ मा तियानजिनमा भएको थियो । तियानजिनमा एक रासायनिक गोदाममा विस्फोट हुँदा कम्तीमा एक सय ६५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय