LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

उपत्यकाका तीन जिल्लामा दसैँपछि र तिहारको अवधिमा एक करोड तीन लाख रुपियाँ बराबरको चोरी भएको छ । यो अवधिमा काठमाडौँका विभिन्न २० स्थानमा २७ लाख ७९ हजार ४४५ रुपियाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कात्तिक ११ देखि ३० गतेसम्ममा काठमाडौँका २०, ललितपुरका १० र भक्तपुरका सात स्थानमा चोरीका घटना भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ललितपुरका १० स्थानमा २५ लाख ३० हजार ७५० रुपियाँ बराबरको चोरी भएको छ । त्यसै गरी भक्तपुरका सात स्थानमा ५० लाख ५६ हजार रुपियाँ बराबरको चोरी भएको छ । उहाँले चोरीका घटनामा संलग्न सात जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । प्रवक्ता मैनालीले सोही अवधिमा काठमाडौँमा पाँच स्थानमा लुटपाट गर्ने तीन जनालाई पक्राउ गरिएको बताउनुभयो । उहाँका अनुसार घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चाडपर्वको बहानामा तास र लङ्गुरबुर्जा खेल्ने १३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँका १२, ललितपुर र भक्तपुरमा दुई–दुई स्थानबाट प्रहरीले ६९ बुक ताससहित अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट प्रहरीले २१ लाख ७१ हजार ३३५ रुपियाँ बरामद गरेको छ । प्रवक्ता मैनालीले सोही अवधिमा काठमाडौँ र ललितपुरका एक–एक स्थानबाट कौडा खेल्ने ३२ जनालाई १२ लाख ९१ हजार ५५० रुपियाँसहित पक्राउ गरिएको बताउनुभयो । प्रहरीले आठ जनालाई पटाकासहित पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय