LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को छनोट खेलमा नेपाली राष्ट्रिय फुटबल टोली संयुक्त अरब इमिरेन्ट्स यूएई सँग पराजित भएको छ।

बिहीबार राति दुबईको अल मक्तुम स्टेडियममा भएको खेलमा नेपाल यूएईसँग ४–० को फराकिलो अन्तरमा पराजित भएको हो।

युएईको जितमा अलि अहमद मबखोटले दुई तथा खालिफा मुबारक अल्हाम्माडी, फाबियो भर्जिनियो लिमाले समान एकएक गोल गरे।

पहिलो हाफको १० औं मिनेटमा नै नेपाल घरेलु टोलीविरुद्ध पछि परेको थियो। युएईका लागि खालिफा मुबारक अल्हाम्माडीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको ३६औं मिनेटमा यूएईका लागि कप्तान अहमद मबखोटले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे। खेलको ४४औं मिनेटमा मबखोटले नै यूएईको लागि व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।

पहिलो हाफको इन्ज्युरी समयमा फाबियो भर्जिनियो लिमाको गोलमा युएईले ४–० को फराकिलो अग्रता बनायो।

पहिलो हाफमा नै ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा केही सुधारिएको प्रर्दशन गरेको थियो।

खेलको दोस्रो हाफमा केही आक्रमण बनाएको नेपालले गोल निकाल्न भने सकेन।

यूएईसँगको हारसँगै नेपालले विश्वकप छनोटको दोस्रो चरण हारबाट सुरुआत गरेको छ।

नेपाली टोली शुक्रबार राति नै स्वदेश फर्कदैछ। नेपली टोली शुक्रबार राति पौने १२ बजे नेपाल आइपुग्नेछ।

छनोटको दोस्रो खेलमा नेपालले मंसिर ५ गते यमनसँग खेल्ने तालिका छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राति ७ बजे सुरु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय