LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैङ्कहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन् । बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ ।

कात्तिक महिनामा ९।९६ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मङ्सिर महिनामा ०।३३ प्रतिशत बिन्दु घटेर ९।६३ प्रतिशतमा झरेको छ । त्यसै गरी संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०।३०६ प्रतिशत बिन्दु घटेर ७।५४ प्रतिशतमा झरेको छ ।

हाल सञ्चालनमा रहेको २० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर घटाएका छन् । सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआइसी एसिया बैङ्क रहेको छ । एनआइसी एसियाले कात्तिक महिनाका तुलनामा मङ्सिर महिनामा ब्याजदर २।०३ प्रतिशत बिन्दुले घटाएको छ । बैङ्कले मङ्सिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८।९६ प्रतिशत ब्याज दिने भएको छ ।

एनआइसी एसियापछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबी बैङ्क लिमिटेड रहेको छ । बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर १।२४ प्रतिशतभन्दा घटाएर ९।७६ प्रतिशतमा झारेको छ । छ वाणिज्य बैङ्कले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे् बैङ्कले ब्याजदर बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय