LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर ६ देखि १७ गतेसम्म हुने छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवको अवसरमा सैनामैना डान्सिङ आईडलका साथै नगरस्तरीय विद्यालय लोकनृत्य प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता र मम्मी डान्स प्रतियोगिता हुने भएको छ ।

सैनामैनासंगै यस क्षेत्रको लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले महोत्सवको अवसरमा प्रतियोगिताहरु आयोजना गरिएको महोत्सव आयोजक सैनामैना उद्योग बाणिज्य संघले जनाएको छ ।

सैनामैना डान्सिङ आईडल, नगरस्तरीय विद्यालय लोकनृत्य प्रतियोगिता र मम्मी डान्स प्रतियोगिताकी संयोजक सिता क्षेत्रीले प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले नाम दर्ता गरिरहेको बताउनु भयो ।

उहाँले यस प्रकारका प्रतियोगिताले सैनामैना क्षेत्रको कला, संस्कृति संरक्षणमा टेवा पुग्नुका साथै स्थानीय कलाकारहरुलाई माथि बढ्ने अवसर समेत प्रदान गर्ने बताउनु भयो ।

संयोजक सिता क्षेत्रीका अनुसार मंसिर ७ देखि १६ गतेसम्म हुने सैनामैना डान्सिङ आईडलको प्रथम पुरस्कार ५५ हजार रुपैया रहेको छ भने द्वितीय पुरस्कार ३५ हजार, तृतीय पुरस्कार २० हजार र सान्त्वना १० हजार रहेको छ ।

आयोजकका अनुसार सैनामैना डान्सिङ आईडल र मम्मी डान्स प्रतियोगितामा नेपालका जुनकुनै स्थानका प्रतियोगीले पनि भाग लिन पाउने छन ।
त्यसैगरी मंसिर १५ र १६ गते हुने नगरस्तरीय विद्यालय लोकनृत्य प्रतियोगिताको प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार रहेको छ ।

त्यस्तै मंसिर ८ र ९ गते हुने मम्मी डान्स प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार, दोश्रो पुरस्कार १० हजार र तृतीय पुरस्कार ५ हजार रुपैया रहेको छ ।


संघले सैनामैना वडा नंं ३ मुर्गियामा रहेको दुर्गा मन्दिर परिसर र सैनामैना पार्क निर्माण स्थल पुरानो हाटबजार क्षेत्रमा महोत्सवको तयारी गरेको हो ।
आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार भन्ने नाराका साथ हुने महोत्सवले सैनामैनासंगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय