LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

दाङको राप्ती गाउँपालिका–६ निवासी राजकुमारी चौधरीलाई सानै उमेरदेखि खुट्टा दुख्ने समस्या थियो तर उनलाई सिकलसेल एनिमिया रोग भन्ने थाहा थिएन । उपचारका लागि विभिन्न अस्पताल पुग्दा पनि ठिक भएन । उपचारका क्रममा धेरैपछि उनले आफुलाई सिकलसेल एनिमिया रोग भएको थाहा पाए । त्यस बेलासम्म राजकुमारीको उपचार गराउँदा गराउँदै लाख बढी खर्च भइसकेको थियो । त्यस्तै गढवा गाउँपालिका–२ निवासी माया चौधरी पनि सिकलसेल रोग पीडित हुन् । उनलाई सिकलसेल भएको दुई वर्ष बढी भयो । सुरुमा थाहा नभए पनि पछि जाँच गराउँदा सिकलसेल रोग भएको थाहा पाएपछि नियमित औषधि खाइरहेको बताउँछिन् । उपचारका क्रममा धेरै पैसा खर्च भएको बताउँदै उनले भनिन्, ‘पटक–पटक बिरामी भएपछि नियमित औषधी खाइरहनु पर्छ, पैसा धेरै खर्च हुन्छ ।’

सुरुमै रोग थाहा पाइयो भने खर्च धेरै हुँदैन तर रोग थाहा नहुँदा धेरै खर्च हुने गरेको उनी बताउँछिन् । राजकुमारी र माया जस्तै सिकलसेलका धेरै बिरामी छन् । उनीहरूमध्ये कतिपय सिकलसेलका बिरामी रहेका छन् भने कतिपय लक्षण देखिएका तर रोग पुष्टि नभएका बिरामी पनि छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशका ६ जिल्लामा एक हजार ९ सय २८ जना बिरामी रहेका छन् । उनीहरूमध्ये सिकलसेलका बिरामी ४६ जना, सिकलसेल बाहेक एक हजार तीन सय २१ जना र बिटा थालासेमियाका पाँच सय ६१ जना बिरामी रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद गिरीले जानकारी दिएका छन् । सिकलसेलका १९ सय बिरामीमध्ये कतिपय पूर्ण र कतिपय लक्षण देखिएका र रोग पुष्टि नभएका बिरामी पनि रहेको डा। गिरीले बताए । प्रदेशका ६ जिल्लामध्ये सबैभन्दा धेरै बाँकेमा ६ सय ४८ जना, बर्दियामा ४ सय ५२ जना, दाङमा ३ सय ९२ जना, रूपन्देहीमा एक सय ९७ जना, नवलपरासीमा एक सय २१ जना र कपिलवस्तुमा एक सय १८ जना बिरामी रहेका छन् ।

थारु समुदायमा बढी देखिने सिकलसेल एनिमिया रोग पहिचानका लागि ‘स्क्रिनिङ’ गर्न सके अझै बढ्ने उनी बताउँछन् । निर्देशक डा। गिरीले भने, ‘पछिल्लो समय खास गरी थारु समुदायमा सिकलसेल एनिमिया रोग बढ्ने क्रममा रहेको छ । यसलाई कसरी नियन्त्रण गर्ने र अरुमा सर्न नदिने भन्ने मुख्य चुनौती छ ।’ बिरामी औषधि पाइरहे पनि रोग निको नहुँदा ठुलो मात्रामा आर्थिक खर्च हुने गरेको बिरामी बताउँछन् । सिकलसेल रोग नियन्त्रणका लागि थारू समुदायका युवायुवतीमा सिकलसेल जाँच गरेर मात्रै विवाह गर्नु पर्ने भन्दै प्रदेश सरकारले स्वास्थ्य शिक्षाका रूपमा सचेतना कार्यक्रम अघि बढाएको छ । चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय