LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई यातायातको रुपमा प्रयोग गर्न आवश्यक रहेको बताउनुभएको छ ।

लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ यातायातको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताउनु भयो ।

उहाँले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताउनु भयो । उहाँले केबुलकारहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न र विद्युत् खपत बढाउने काम गरेको बताउनु भयो । उहाँले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको सङ्ख्या अझै बढ्नुपर्ने बताउनु भयो ।

त्यस्तै, लुम्बिनी केबलकारका अप्रेशन म्यानेजर डीएन कायस्थले दशैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भिड रहेको बताउनु भयो । उहाँले आफूहरुले अपेक्षा गरेअनुसारकै पर्यटकहरु आएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यात्रुहरुको भिड छ । दशैँ तिहारको अफर र छुट्टीको समयमा अपेक्षागरेअनुसार नै यात्रुहरु आउनुभएको छ ।’ उहाँले लुम्बिनी केबुलकारको टिकट महँगो नभएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय