LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पाटेबाघको आक्रमणबाट बर्दियाको राजापुर नगरपालिकामा एक जनाको ज्यान गएको छ । राजापुर–१० सुकुम्बासी टोलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैको वनबाट आएको बाघले आक्रमण गर्दा ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत दोर्णराज शर्माले जानकारी दिनुभयो ।

आज आइतवार नेपाल–भारत सिमानामा पर्ने घर नजिकैको वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परि गम्भीर घाइते हुनुभएकी सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याउनासाथ ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० तुल्सिराम अर्यालले बताउनुभयो ।

नेपाल–भारत सिमानामा पर्ने तथा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालको बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका र राजापुर नगरपालिका क्षेत्र आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आासपासका क्षेत्रमा बाघको आक्रमणका घटना बढ्दै गएको छ । यी क्षेत्रमा बाघको आक्रमणबाट १८ जनाको ज्यान गएको छ । झन्डै चार वर्षको अवधिमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी बर्दियामा ३५ जनाको ज्यान गइसकेको छ । बर्दियामा मानव र बाघबीच द्वन्द्व बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय